जनसेवा समाज पाँचथरको अधिवेशन अध्यक्षमा पुनः राजेन्द्र

प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६

पाँचथर : पाँचथर स्थित जनसेवा समाजको पहिलो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले पुनः राजेन्द्र अधिकारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनवाट चन्द्रवहादुर जवेगु,मदन अर्याल र देवीमाया वुडाथोकीलाई उपाध्यक्ष सचिव र कोषाध्यक्षमा चयन गरेको छ ।
यस्तै विरेन्द्र तुम्वापो, रुपा पोखरेल, जीवन भण्डारी सदस्य तथा हर्क नेम्वाङ, मित्रप्रसाद काफ्ले, ध्रुव वास्कोटा, नवराज घिमिरे र कमल थपलिया सल्लाहकारमा चुनिएको वताइएको छ ।