रंगेलीमा भएकाे वडा स्तरीय फुटबलमा १ नम्बर विजयी

प्रकाशित मिति : बिहिबार, अशोज २३, २०७६

माेरङकाे रंगेलीमा स्थापना भएको समाज सेवा युवा क्लवले आमतोलामा बिजया दशमी तथा शुभ दिपावलीकाे अवसरमा दोस्रो नगर वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा अाईतबार सम्पन्न भएकाे छ ।

जन्ता मध्यमिक बिधालयकाे प्रङ्णमा भएको फाईनल खेलमा वडा नम्बर १ र वडा नम्बर ४ बिच भएको १ ले खेलकाे ६ अाै मिनेटमा भरत चाैधरीले पहिलो गाेल गरेका थिए । भने अाशका चाैधरी, बिनाेद चाैधरी, मलात हेमरमले एक एक गाेल गरेर ४ गाेल गरेर विजय भएका हुन । बडा नम्बर ४ ले एक गाेल समेत फर्काउन नसकेपछि हार बेहाेर्न परेको थियो ।

खेलमा प्रथम, द्वितीय , र म्यादी म्याच,उत्कृष्ट खेलाडी ,म्यादी श्रिज खेलाडी हरुलाई बितरण गरेका थिए । प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँ दाेस्राे हुने लाई २५ हजार रुपैयाँ सिल्ड , प्रमाणपत्र , मेडल प्रमुख अतिथि रंगेली नगरपालिका का मेयर दिलिप बगडिया,बडा अध्यक्ष महेश खनाल,घन्श्याम पनेरु स्थानीय माधब अधिकारी , पन्नालाल मंन्डल, अायाेजकका रविन दहाल, बिकास न्याैपाने, लगायतले पुरस्कारहरु बितरण गरेका थिए । उक्त खेलमा ९ बडा का टिम हरुकाे सहभागी रहेको थियोे ।