कादुपडामा सन्थालहरुले देखाए माैलिक नाच

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६

माेरङः माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित कादुपडामा नेपालीहरुकाे महान पर्व बिजया दशमीकाे अवसर पारेर द्वादशीका दिन प्रत्येक बर्ष झै यस बर्ष पनि मोरङका विभिन्न नगरपालिका र गाउँपालिका सन्थाल जातिहरुले अाफ्नाे माैलिक परम्परालाई लाेप हुन नदिन विभिन्न भेष भुषामा नृत्य गरेका छन् । दुर्गा मन्दिर कादुपडाको आयोजनामा सन्थाल नृत्य सहित दशैं मेला सम्पन्न गरेको छ ।

उक्त नृत्य प्रस्तुत गर्ने अाएका विभिन्न १५ वटा टोली मध्य उत्कृष्ट नृत्य गरेवापत ५ बटा टाेलीहरुलाई समाजसेवी बलबहादुर बस्नेत, राजेन्द्र कटवाल, चोगेन्द्र बहादुर खड्का, जनक पौडेल र बिरेन्द्र शंकरले धनराशि जुटाई दिएका थिए । उक्त अवसरमा समाजसेवी बलबहादुर बस्नेत लगायतका सबै प्रायोजक युवाहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रथम हुने टिमलाई नगद ९ हजार दाेस्राे ७ हजार , तेस्रो ५ हजार र अन्य सहभागी टिमहरुलाई प्रत्साहान बापत ४ हजार, ३ हजार, २५ सय रुपैयाँ २२ सय २ हजार र १८ सय रुपैयाँ नगद हस्तान्तरण गरिएको थियोे ।

स्थानीय जनपथ प्रहरी, शशस्त्र प्रहरी, बुद्धिजीवी, समाज सेवि मंन्दिर समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष मानबहादुर खड्का लगायतकाे उपस्थिति रहेको थियो ।