चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे, राष्ट्रपति विद्यादेवी भण्डारी सहितले गरे भब्य स्वागत

प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी सहितले गरे भब्य स्वागत । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेतले विमानस्थल पुगेरै स्वागत गरेका छन् ।