राष्ट्रपति सी र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता तथा भोजमा यस्तो छ खानाको मेनु

प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । काठमाडौंको होटेल सोल्टीमा सीले देउवासँग शनिबार राति भेटवार्ता गरेका हुन् । करीव १५ मिनट भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटवार्तामा अन्य कुराकानी के–के भएको थियो सो विषयमा औपचारिक रुपमा केही भनिएको छैन । पूर्व कार्यतालिकाअनुसार राष्ट्रपति सी र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

रात्रि भोजमा यस्तो छ खानाको मेनु

दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् ।

होटेल सोल्टीमा भएको रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको छ । सीलाई सुरुआती खानाको रुपमा बारा, मस्म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । उनलाइ कुरिलो र क्वाँटीको रस तयार पारिएको छ ।

मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ । यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफी पनि राखिएको छ ।