साढे चार किलो चरेससहित काठमाडौंबाट दुई जना पक्राउ

प्रकाशित मिति : बुधबार, अशोज २९, २०७६

काठमाडौं । काठमाडौंको गोंगबुबाट साढे चार किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका-१ घर भइ हाल चन्द्रागिरि नगरपालिका-१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका-३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन छन् ।

उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।