आफ्ना सांसद पक्राउ गरेको भन्दै युवाको आक्रोश

प्रकाशित मिति : बुधबार, अशोज २९, २०७६

काठमाडौं : राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय युवा संघ प्रदेश न १ ले आफ्ना सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको भन्दै कडा आलोचना गरेको छ । युवा अध्यक्ष रोसन लिम्बुले सांसद साहको पक्राउ निन्दनीय भएको भन्दै विरोध जनाएका हुन् । उनले मा. प्रमोद शाहलाई तत्काल रिहा नगरे कडा प्रतिकारमा उत्रने समेत चेतावनी दिएका छन ।

प्रहरीले पक्राउ परेका साहलाई जनकपुर लैजाने तयारी रहेको जनाएको छ ।

‘हिजो जनकपुर एयर्पोर्टमा बुद्ध एयरको जहाज तीन घण्टा ढिलो भए पछि किड्नीको एकजना बिरामी छटपटाउन थालेपछी जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जादा काउन्टरको प्रतिनिधिले उल्टै धमकाउन थाले पछि सामान्य धक्काधक्क भएको थियो ।
त्यस घट्नालाई षड्यन्त्रपुर्बक राज्यको माथिल्लो निकायबाट जबर्जस्ति मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको आरोप लगाउदै लिम्बुले त्यस्को घोर निन्दा गरेका छन ।

मा. प्रमोद साहलाई जहाजमा चढ्न नदिने भनेर बुद्ध एयरका कर्मचारीले बदमासी तथा अपमानित गरेको भन्दै आफ्ना कर्मचारीलाई तत्काल कारबाही गर्न बुद्ध एयरलाई ध्यानाकर्षण गराउदै लिम्बुले कारबाही नगरे प्रदेश न:. १ भित्र सबै शाखा बन्द गरिदिने चेतावनी दिएका छन ।

एयरपोर्टमा कहिल्यै जहाजहरु समयमा ल्याउदैनन अनि उसैको दादागिरी यो कदापी स्वुकार्य नहुने बताए । स्मरण रहोस नेपालगन्जमा पनि त्यही कारणले आम नागरिकले बिरोध गरेको थिए । ‘राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दन्ड दिन खोज्ने चरित्रलाई हामी कदापी स्वीकार्न गर्न सक्दैनौ’ अध्यक्ष लिम्बुले भने ।