थाइलेण्ड च्यम्पियनसिपकाे लागि हिड्याे नेपाली तेक्वान्दो टिम

प्रकाशित मिति : शुक्रबार, कार्तिक १, २०७६

रोशन खान र उज्ज्वल श्रेष्ठको कमाण्डमा नेपाली तेक्वान्दो खेलाडी थाइलेण्डको दोस्रो थानापा च्यम्पियनसिपमा सहभागी हुने भएकाछन । आज मिति बिहानै एक कार्यक्रमबीच भैरहवा तेक्वान्दोका संस्थापक अध्क्क्ष संजय बजिमय द्वारा खेलाडि बिदाइ कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी बिदाइ कार्यक्रम पश्चात टोलि त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलबाट प्रस्थान गरेकाछन ।

उक्त च्यम्पियनसिपको हेड्ड ओफ टीम रोशन खान रहेका छन भने कोचको भूमिकामा उज्ज्वल श्रेष्ठ रहेका छन् । उक्त च्यम्पियनसिप थाइलेण्डको राजधानीमा १९ अक्टाेवर २०१९ मा सम्पन्न हुने टोलीको टीम कोच उज्वल श्रेष्ठले जानकारी दिए । उक्त टोलीले पुम्से तथा फ़ाइतिङ्ग दुवै विधामा भाग लिनेभएका छन् भने आफै पनि खेलमा पुम्से तर्फबाट सहभागी हुने साथै सो अन्तरास्ट्रिय खेल प्रतियोगितामा जाने सिलसिलामा सिटी एक्सप्रेस मनि र नेपा टूर्स एण्ड त्रावेल्सको अबिस्मरणिय भूमिका प्रति आफ्नो टीम आभारी रहेको, अझ थप आशा राखेको कुरा रोशन खानले बताए ।
खेलाडीहरुको नामावली :
हेड्ड ओफ टीमः रोशन खान
टीम कोचः उज्वल श्रेष्ठ
महिला प्रतियोगीः आयुषा श्रेष्ठ
पुरुष प्रतियोगी :
सन्तोष पौडेल
सौगात श्रेष्ठ
इश्वोर श्रेष्ठ
राजु श्रेष्ठ
सुजन श्रेष्ठ ।