कविता “घर”

मञ्जुल मिथोच प्रकाशित मिति : सोमवार, कार्तिक ४, २०७६

मञ्जुल मिथोच

                                   घर 

 

 

काफीको पानामा
सिसाकलमले धर्का कोरेर
थुप्रै प्रिय रङगहरु पोतेर
हजारौ पटक बनाई सके घर ।

कती सजिलै बनाई दिए घर

आमालाई घरको चित्र देखाउदै
भनेको थिए
आमा हेर्नू होस्न मैले कति सुन्दर घर बनाए ।

आमाले घरको चित्र हेरे पछि
मुसुक्क हासेर भनेकी थिई
छोरा जीवनको घर पनि यस्तै सुन्दर बनाउनु ।
तर
आजसम्म जिवनको घर बनाउन सकेको छैन ।