कालिका कृषी सहकारीकाे दशौं बार्षिक साधारण सभा सम्पन्न (फाेटाे फिचर सहित)

प्रकाशित मिति : सोमवार, कार्तिक ४, २०७६

पॉचथरः श्री कालिका कृषी सहकारी संस्था लिमिटेड फिदिम नगरपालिका वडा नं.-७ रानीटारको दशौं बार्षिक साधारण सभा रानीटार मावि भवनमा आज सम्पन्न भएको छ ।

सो साधारण सभा पॉचथर जिल्लाका माननिय संघिय संसद बसन्तकुमार नेम्बाङको प्रमुख आतित्यथामा सम्पन्न भएकाे हो । सो अवसरमा संसद नेम्बाङले सरकारले सम्पुर्ण कानुन निर्माण गरी सकेकोले अव नेपाल नयॉ युगमा प्रवेस गरेको कुरा उल्लेख गर्दै अव राष्ट्रीय सरकारको दायित्व सुखी र खुसी नेपाली जनता हेर्ने काममा अगाडी बढेको र सो काम सम्पन्न गर्न सरकारी, निजी र सहकारी मार्फत मात्र सम्भव रहेको कुरा बताए । नेम्बाङले समृद्ध नेपाल सुखी नेपाली बनाउन १५ औ पन्चबर्षिय योजनामा समेत राखिएकोले कृषी क्षेत्र मार्फत किसानलाइ आत्मनिर्भर बनाउन नयॉ प्रविधिमुखी खेती गर्न प्रोत्साहन गर्न कार्यक्रम आउने कुरा बताए ।

यसै गरी सो सभामा विशेष अतिथिको आसनबाट प्रदेस नं.१ का संसद सीता थेवेले प्रदेस सरकारको मुख्य योजनामा कृषी पहिलो प्राथमिकतामा रहेकाले किसानलाइ आधुनिक र ब्यवसायीक बनाउन सहकारी मार्फत काम गर्ने कुरामा जोड़ दिएकाे बताइन । यसै गरी सो सभामा प्रदेस १ का संसद आसारत्न जवेगुले यस क्षेत्रको समग्र विकास गर्ने काममा लागेको कुरा बताइन ।

सो सभामा सस्थाका अध्यक्ष ग्यनाथ बॉस्कोटाले संस्थाले २०७५/०७६मा गरेका २३ बुंदे बार्षिक प्रगती र चालु आ.व. २०७६/०७७ को लागि पनि २३ बुंदे नै निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसै गरी संस्था कोषाध्यक्ष राम प्रसाद बॉस्कोटाले गत आ.व. २०७५/०७६ को दायित्व तर्फ रु १ करोड ४४ लाख ७३ हजार ३ सय ४० रुपैयॉ रहेको आर्थिक प्रतिवेदन पेस गरेका थिए । कोषाध्यक्ष बॉस्कोटाले आ. व. २०७५/०७५६ मा २३ लाख ९१ हजार ९ सय ४० रुपैयॉ ३९ पैसा आम्दानी रहेको र खर्च तर्फ १४ लाख ३३ हजार ८ सय ४२ रुपैयॉ खर्च भएको कुरा उल्लेख गरे ।

बॉस्कोटाले आगामी बर्षको अनुमानित आम्दानी ४४ लाख ९ हजार रुपैयॉ र ३६ लाख १४ हजार अनुमानित खर्च भइ ख़ुद बचत ६ लाख ९५ हजार रुपैयॉ रहने अनुमानित बजेट समेत पेस गरे । कोषाध्यक्ष बॉस्कोटाले सो सभामा गत असार मसान्त सम्ममा कुल ५ सय ४३ सेयर सदस्य संख्या, बाल बचत २२० जना, जेष्ट नागरिक बचतकर्ता १२ जना समुह बचत ५ गरी कुल ७ सय ९० बचत कर्ता रहेको उल्लेख गर्दै २०७६ असोज महिना सम्ममा १९ लाख शेयर पुजी, ९१ लाख ७१ हजार ३ सय १८ रुपैयॉ बचत, १ करोड २५ लाख ८५ हजार ९ सय ४३ लगानीमा रहेको ऋण रहेको बजेट प्रस्तुत गरे ।

ब्यवसायीक आधुनिक कृषि पशुपालन व्यवसाय र बजारीकरणको ब्यवस्था, समृद्ध र दिगो संस्था हाम्रो प्रतिवद्दता भन्ने परिकल्पना लिएर २०६५ सालमा स्थापना गरेको सो सस्थाले संस्थामा आबद्द भइ संस्थाको हितमा काम गर्ने विभिन्न ब्यक्तीहरुलाइ सम्मान समेत गरेका थिए ।

यसरी सम्मानित हुनेहरुमा जेष्ठ नागरिक बचत कर्ता भविन्द्र बॉस्कोटा ( ७५ बर्ष) र फुलमाया राइ, (७४ बर्ष), उच्च बचत कर्ता कुमारी गुरुड र राजु राइ, जेष्ठ उच्च बचतकर्ता चक्रप्रसाद ढुंगाना, अपाड्ग बचत कर्ता टंक बहादुर नेम्वाड, शेयर धनी सदस्यका छोराछोरीहरु मध्येबाट एसइइ परीक्षामा उच्च अंक ल्याउने सामुदायीक विद्यालयका तर्फबाट हिमाल राइ र संस्थागत विद्यालयका तर्फबाट भावना तामाड, कनिष्ट बाल बचत किताब सितल तामाड, उच्च वाल बचत कर्ता इश्वर निरौला र सहारा तामाडलाइ प्रमुख अतिथी संसद नेम्बाङले दोसल्ला ओढाइ सम्मान पत्र वितरण गरी सम्मान गरेका थिए ।

संस्थाका सचिव वीरेन्द्र अधिकारीले संचालन गरेकाे सो सभामा नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेस कमिटी १ का सदस्य हर्क नेम्वाड, नेपाली कॉंग्रेस पॉचथरका उपसभापति मित्र प्रसाद काफ्ले, फिदिम नगरपालीकाका अधिकृत शिव न्यौपाने, सहकारी बैकका अधिकृत बुद्रराम बल, जिल्ला सहकारी संघका सदस्य महेन्द्र प्रसाद लुइटेल पत्रकार लक्ष्मी गौतम, वडा नं ७ का वडा अध्यक्ष गोपाल गुरुड लगायतले शुभकामना मन्तब्य राखेका थिए भने स्थानिय कलाकारहरुले नृत्य तथा बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष गुरुप्रसाद बॉस्कोटाले स्वागत मन्तब्य राखेका थिए ।