सिद्धार्थ युवा क्लबले गर्याे सांस्कृतिक कार्यक्रम

रबिन्द्र बराल प्रकाशित मिति : बिहिबार, कार्तिक १४, २०७६

माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित शनिश्चरेमा रहेको सिद्धार्थ युवा क्लबद्वारा दशै, तिहार तथा छैठ पर्वको अवसर पारेर बृहत सांस्कृतिक प्रतियोगितााकाे आयोजना गरेको छ ।

कार्यक्रममा नृत्य, गायन तथा स्थानीय स्तरमा झल्काउने सन्थाल नृत्य समेत प्रस्तुत गरिएका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य माननीय शिबनारायण सिंह, रतुवामाई उपप्रमुख दमयन्ता चुडाल, युवा समाजसेवी बलबहादुर बस्नेत, स्थानीय राजेेन्द्र कार्की, बडा अध्यक्ष, स्थानीय बुद्धिजीवी लागतयकाे उपस्थिति समेत रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि लगायतका बक्ताहरुले उदयमान युवा समाजसेवी बलबहादुर बस्नेतको समाजमा उल्लेख्य योगदान रहेको समेत बताए । कार्यक्रममा समाजसेवी बस्नेतले आफू एकाउनौं वर्ष पूरा भएको जानकारी गराउदै क्लबलाई एकाउन्न थान कुर्सी प्रदान गर्ने र सोही स्थानमा रहेको दुर्गा मन्दिर प्राङ्गण र किराँत समाधिस्थलमा खानेपानीका लागि ट्युबवेल जडान गरिदिने समेत बताए ।

उक्त संस्कृतिक कार्यक्रममा प्रथम हुनेे मुनाल आदर्श बिध्या सदन सौठा लाई नगद १२ हजार द्वतिय हुने राष्ट्रिय निर्माण इङलिस बोडिङ स्कुल सोमबारे लाई १० हजार रुपैयाँ र तेस्रो हुने होलो क्रस ईङ्लिस बोडिङ स्कुल झुर्किया लाई ८ हजार रुपैयाँ, सान्त्वना हुने सहभागी हरुलाई ५ हजार रुपैयाँ र प्रथम हुने समुहको एक जनालाई स्थानीय ब्यापारी दिपेन्द्र निरौलाले थाइल्यान्ड टुर लैजाने समेेत घाेेषणा समेेेत गरेका छन । कार्यक्रममा बिजयी प्रतियोगीलाई नगद, ट्रफी र प्रमाणपत्र क्लबले बितरण गर्दै सबै अतिथिहरुलाई खादा र मायाको चिनो सहितको सम्मान गरिएको थियो ।