कबिता ‘भ्यागुतो’

मञ्जुल मिथोच प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६

‘भ्यागुतो’

आज सम्म
कुवाभित्रै छन्
कुवा बाहिर निस्कन नसकेका
बुढो भ्यागुताहरू ।

जब ति बुढो भ्यागुताहरू
कुवाको डिलबाट बाहिर निस्किन्छन्
अनि भन्ठान्छ
यहा पनि बेग्लै संसार रहेछ ।

कुवाभित्र जन्मिएर
कुवाभित्रै हुर्किएको भ्यागुताहरू
सायद कुवालाई नै
सिगो संसार मानि रहेको छन्
कुवाबाट संसार देखेको
ठुलो भ्रममा बाचि रहेका छन् ।

‘पानीमा अगुल्टोको छुवाई जस्तो’
भाषणहरू चिच्याई रहेका छन्
ट्वार्र ट्वार्र
झण्डा हल्लाउदै
जोड जोडले उफ्री रहेका छन्
जति उफ्रे पनि डिलमुनि नै छन् ।

यसरी
कहिले सम्म
भ्यागुतो भएर उफ्री रहन्छ देश
बालुवाटारमा ?

 

मञ्जुल मिथोच

पाँचथर