कुरुपको ‘पृथ्वीको आविष्कार’ सार्वजनिक

प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६

काठमाडौं : हल्ला भन्दा टाढाका गाउँका कवि भनेर चिनिने सुन्दर कुरुपको ‘पृथ्वीको आविष्कार’ कबिता संग्रहको काठमाडौंको मण्डला थिएटरमा एक कार्यक्रमको साथ विमोचन भएको छ ।

इलामले तल झारेको झापाले अलग्ग पारेको गाउँ चुलाचुलीका कवि हुन् कुरुप भनि चिनाउँदै प्रकाश आङ्देम्बेले पृथ्वीको आविष्कार सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेका थिए । कुरुप आफ्नो दौतरी रहेको र ऊसंगका बिभिन्न खाले किस्सा रहेको र केहि किस्साहरु सुनाउँदै नयाँ रोचक अनि घोचक रुपमा उक्त कार्यक्रम सभापति (अध्यक्ष) बिना नै फरक शैलीमा आङ्देम्बेले संचालन गरेका थिए ।

पृथ्वीको आविष्कारलाई कार्यक्रमका प्रमुख अतिथि बैरागी काइला, वक्ताहरु हाङयुग अज्ञात, मनुषी यमि भट्टराई तथा लेखक स्वयंले बिमोचन गरेका थिए ।

राजनीति केवल सत्ता प्राप्तीको लागि मात्र होइन वास्तवमै जन्ताको लागि राजनीति गर्ने हो भने राजनीतिज्ञहरुले सुन्दरका कबिताहरु पढ्न जरुड रहेको र राजनीति, समाज र साहित्य एक आपसमा अन्तरसम्बन्धित रहेको कुरा वत्ता मनुषी यमि भट्टराईले प्रस्ट पारिन् ।

त्यस्तै अर्का वत्ता हाङयुग अज्ञातले भने पत्रपत्रिकामा छापिएका कबिताहरु मानव कबिता हुन सक्दैन, कबि सुन्दर कुरुपका पत्रपत्रिकामा छापिएका वा सिन्डिकेट बाहिरका कबिताहरु सशक्त, शत्तिशाली रहेका र ती कबिताहरु पृथ्वीको आविष्कार संग्रहमा संग्रहित रहेको प्रस्ट पारे । साथै सबैले हेर्ने दृष्टिकोण आ आफ्नो रहेको समेत प्रस्ट पारे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार मुर्धन्य ब्याक्तित्व बैरागी काइलाले हाम्रो कबिता लेखनले, हाम्रो साहित्य लेखनले समाजलाई रुपान्तरित गर्नसक्छ र त्यहि कित्तामा उभिएका छन् कवि । उन्का कबिताहरुमा समसामयिक बिषयमा मानिसले गरेका संर्घष, परिवर्तनका कथाहरु छन् । सुन्दर कुरुप कविको नामैले कबिताहरु कस्ता छन् भन्ने प्रस्ट पारेको र ‘पृथ्वीको आविष्कार’ साहित्यमा एक दर्विलो कबिता कृतिको उपस्थिती भएको बताए ।

कार्यक्रमलाई बिट मार्दै कबि कुरुपले भने गाउँकै परिवेशमा देखिएका, भेटिएका, छोइएका, सुनिएका बिषयहरुलाई कबिता लेखेको बताए ।

कार्यक्रममा कबि सुन्दर कुरुपका केहि कबिताहरु बिभिन्न कबिहरुले वाचन समेत गरेका थिए । संग्रह साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।