सुरेन्द्र महर्जनको प्रमुख आथित्वतामा प्युठानमा साहित्य गोष्ठी सम्पन्न

प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६

प्युठानः मेरो देश हिमाल पनि हो अनि पहाड र तराई सबै हाम्रो हो सबै आफ्नो हो भन्ने नारा बोकेर शनिबार एक भव्य समारोहबीच प्युठानमा भालुवाङ्ग लगायत क्षेत्रका युवाहरूको एक समूह, जागरुक युवाहरूले एक भएर साहित्यक संस्था गठन गर्न देशको बारेमा आफ्नो मौलिक पहिचान जोगाउन मेरो नेपाल मेरो देश विषयमा सभ्य अनि भव्य रूपमा कवि गोष्ठी गरेका छन् ।

उक्त कार्यक्रममा मनोज चौलागाईं, दिनेश अधिकारी, श्याम थापा, उमेश रौनियार, दिलविक्रम शाह, रवि शर्मा, अनन्त रेग्मी, शत्रुघन रोक्का लगायत दुई दर्शन कवि कवियत्रीले आफ्नो रचना वाचन गरेको थियो । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको प्रमुख आथित्वतामा राजु बानियाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संचालन भएको थियो ।