फिदिममा मौसमकाे घरजम हुने

प्रकाशित मिति : बुधबार, कार्तिक २०, २०७६

पाँचथरः पाँचथरकाे फिदिममा मौसमकाे घरजम हुने भएकाे छ । जानकारी गराउन फिदिमकाे कविकुनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

रोमियो फिल्मसको ब्यानरमा किशोरकुमार लिम्बू र सिताकुमारी तुम्बापोको निर्माण, तेज मेन्याङबोको सह-निर्माण, उपेन्द्र सुब्बाको कथा मौसम लिम्बू ईम्बुङ(फुलन्देको बाबु)को निर्देशनमा निर्मित मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ को पुर्वाञ्चलका विभिन्न स्थानमा विशेष प्रदर्शनी पछि २०७६ कात्तिक २१ गते बिहीबार बिहान ११:०० बजे र ५ः०० बजे छाब्दी वाराही चलचित्र मन्दिर फिदिम पाँचथरमा विशेष प्रदर्शनी हुने भएकाे छ ।

नेपालको पुर्वेली जनजीवन समेटेर निर्माण भएको चलचित्रमा उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’ को कथावस्तुका केही अंशलाई समेटेर निर्माण गरिएको चलचित्र ‘घरजम’ पाँचथरको याङ्वरक र उपत्याकाको ललितपुरमा छायांकन भएको हो ।

‘बिशुद्ध नेपाली कथा, भेषभुषा र भाषालाई हामीले हाम्रै परिवेशमा प्रस्तुत गरेका छौ, दर्शकहरुले चलचित्र हेर्दा हरेक दृश्यमा आफुलाई पाउँनेछन्’, उनले भने । चलचित्रमा विकाउ अनुहार हैन चरित्र अभिनयमा आफ्नो प्रभाव छाड्नु भएका कलाकारहरुको बाहुल्यता रहेको उनले बताए ।

एकदशक कलाकारिता र चलचित्रको अनुभवलाई घरजम मार्फत प्रस्तुत गरिएको बताउँदै मौसम भन्छन्, ‘मुलधारको चलचित्र निर्देशनमा होमिएका छुु अब निरन्तर नेपाली चलचित्र उधोगका लागि सङ्घर्ष गर्नेछु ।’

घरजममा कुशल थलङ, बुद्धि तामाङ (हैट), सुस्मा लिम्बु, श्रृजना सुब्बा, यासेली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बु लगायतका कलाकारहरुको जीवन्त अभिनय छ ।