धनपालथानमा उप निर्वाचन हुने

रबिन्द्र बराल प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६

मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ । आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ ।

मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत तोकिएकाे छ । साथै बुधबार कार्यलय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था समेत मिलाइएको प्रहरीले जनाएको छ । २०७५ जेठ २४ गते सर्पले टोकेर वडा अध्यक्ष बलिराम भगतको मृत्यु भए काे थियो । बडा अध्यक्ष काे मृत्युु भए पछि १७ महिना देखि उक्त पद भने अब पर्ति हुनेे भएको छ । आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भए पछि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे । निर्वाचनका लागि गर्नु पर्ने सबै कामहरु सुचारु गरिएको निर्वाचन अधिकारी राजेन्द्र अधिकारीले बताए ।

प्रहरीका अनुसार जनता उच्च माध्यमिक बिधालय र बडा कार्यलय गरि दुईवटा मतदान स्थल रहेको र उक्त वडामा पाँचवटा मतदान केन्द्र रहेको र ४ हजार ७४ मतदाता समेेत रहेकाेे र निर्वाचनका लागि शान्ति सुरक्षाकाे राम्रो व्यवस्था मिलाएकाे प्रहरीले जनाएको छ ।