प्रहरी निरिक्षककाे कडा निगरानी, ६ लाख बराबरको काठ बरामद

रबिन्द्र बराल प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६

झापाः ईलाका प्रहरी कार्यलय झिल झिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ ।

शिबसताक्षी नगरपालिका १० झापा स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाे बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कोमल ठाकुरको कमाण्डमा गएकाे गस्ती टाेलिले कन्काई माई खोलाको पश्चिम तर्फको किनारमा पानी भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त साल जातको गोलिया काठ बरामद गरेको हाे । १५ थान गाेलिया काठ बराबरको रहेको र अन्दाजी छ लाख रुपैयाँ बराबरको काठ रहेको प्रहरीले जनाएको छ ।

उक्त बेबारिसे काठ आबश्यक कारबाहीको लागी कनकाई सव डिभिजन बन कार्याललय कनकाई सुरुङ्गा झापामा बुझाएकाे प्रहरी जनाएको छ ।