काठमाडौं सुधार्न गगनकाे आह्वान, सबैलाइ आज बिहान ८ बजे टुँडिखेलमा विशेष निम्तो !

प्रकाशित मिति : शनिबार, कार्तिक २३, २०७६

नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा काठमाडौंको अस्तव्यस्ततालाई सुधार्न तातेका छन् । उनले काठमाडौंमा रहेका खाली ठाउँलाई खुलाउन बनाउने अभियानलाई अगाडि बढाउन आज शनिबार बिहान काठमाडौंको टुँडिखेलमा भेला हुन सबैलाई सार्वजनिक आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको भिडियोसँगै लेखेका छन्, ‘हिजो गरेको गल्ती सच्याऊ र काठमाडौंलाई बस्न योग्य सहर बनाऔं । खुला ठाउँ हाम्रो लागि मात्र होइन आउँदो पुस्ताका लागि पनि हो, टुँडिखेल खुला राखौं । म त टुँडिखेल जाँदैछु, तपाईं नि ?’

टुँडिखेलमा सर्वसाधारणका लागि प्रवेश निषेध गरिएकाले त्यस आसपासका सडकमा धेरै भीडभाड हुने गरेको छ । काठमाडौंका खुला ठाउँलाई विभिन्न बहानामा कब्जा गरेर राखिएको छ । काठमाडौंका सार्वजनिक खाली ठाउँलाई खुला राख्ने अभियानमा सहभागी हुन नेता थापाले आह्वान गरेका हुन् ।