‘माया पिरिम’ मंसिर २० मा, आयाे गीतकाे टिजर

प्रकाशित मिति : शनिबार, कार्तिक २३, २०७६

नेपाली चलचित्र ‘माया पिरिम’ ले रिलिज मितिसंगसंगै गीतकाे टिजर सार्वजनिक गरेकाे छ ।

ओ एस आर डिजिटलबाट ‘फाेटाे खिचेर’ बाेलकाे गीतकाे टिजर सार्वजनिक भएकाे छ । प्रर्दशन मंसिर २० मा तय गरेकाे चलचित्रकाे गीतकाे टिजर हेर्दा
गीत धेरै नै राम्राे बनेकाे छ । उत्त गीतकाे टिजरमा सलाेन बस्नेत, अन्जली अधिकारी, काेशिश क्षेत्री, कालु राना, जयनन्द लामा लगायतलाइ देख्न सकिन्छ । उत्त ‘फाेटाे खिचेर’ गीतमा लेखु सहयात्रीकाे शब्द, काेशिश क्षेत्रीकाे संगीत तथा लेखु सहयात्री र बिन्दु परियारकाे गायन रहेकाे छ । यस गीतमा शिशिर खातीकाे काेरियाेग्राफरमा निराेज कडेलकाे छायांकन रहेकाे छ । चलचित्रका निर्देशक टेक पाैरखी राइ भन्छन् गीत मात्र हैन समग्र माया पिरिम चलचित्र नै राम्राे र सबैलाइ पूर्ण  मनाेरन्जन दिने  बनेकाे छ ।

सबिन अधिकारी र प्रबिन थापा निर्माता रहेकाे चलचित्रकाे कथा सबिन अधिकारीकाे रहेकाे छ ।