लिपुलेक, कालापानी हाम्रै हाे भन्ने गीतकाे छायांकनमै प्रहरी हस्तक्षेप (भिडियाे सहित)

प्रकाशित मिति : आइतवार, मंसिर १, २०७६

काठमाडाैंः बिस्तारबादी भारतीय मुर्दाबाद भन्दै यसै साता शुक्रबार गितको छायांकन चलिरहेको बेला प्रहरी आइपुग्यो ।

बिस्तारबादी भारतीय मुर्दाबाद, दार्जिलिङ्ग र सिक्किम हाम्रै थियो जस्ता शब्दहरुमा तैयार भएको गित भारतलाइ गालि गलौज गरेको र कालापानी लिपुलेक हाम्रै हुन् जस्ता प्ले कार्ड सहित गित छायाकंन हुदै थियो ।

नेपाल प्रहरीका तर्फबाट प्रहरी जवान र प्रहरी अधिकारि (इनिस्पेक्टर ) छायांकन स्थलमा पुगेर गित निर्माणको इजाजात सोध खोज गर्न थालेपछि छायांकन युनिट हत्तोसाहित बन्यो ।

करिब ३०/४० जनाको संख्यामा उपस्थित युनिट मुखामुख भए यसैबीच प्रहरीले गायक गायिका र रचनाकारलाइ खोज्दै यो गित कसले गायो ? कहा र कसको अनुमतिमा बन्यो ? निर्माण कम्पनि कुन हो ? एकछिन रोक्नुहोस् हामी माथि खबर गर्नु पर्छ भने पछि गायक कृष्ण के सी, गायिका सोनु घिसिङ र सर्जक सुबास जी सी लाइ एकैछिन राेक्न लगायाे ।

उपस्थित स्थानिय र गित सुनेर तुरुन्त तुरुन्तै यसै गीतका लागि दर्शक र फ्यान बनेका स्थानियले प्रहरीसंग मुखा मुख गर्न थाल्दै देश प्रेम बोकेको गित हो हस्तक्षेप गर्न पाइदैन देशमा नेताहरु कानमा तेल हालेर सुते पनि कलाकारहरुले गित मार्फत जनता जगाउन खोज्दैछन प्रहरी हस्ताखेप बन्द गर भन्दै चिच्याउन थालेपछि कलाकारलाइ केहि राहत भएको र प्रहरी पछि हटेको कटु सत्य हो भन्दै निर्देशक भन्छन् हामीसंग त्यसको प्रमाण भिडियो छ प्रहरीले करिब हामीलाई ४५ मिनेट अबरोध पुर्यायाे, यदि स्थानियको आबाज नउठेको भए हाम्रो गित आज बन्द हुने थियो ।

पानीको हाहाकारले महाकालि आखा लाउछस् सप्तकोसी खोलिदिउला जस्ता ठाडो चुनौती दिदै गितले अगाडि बोलेको छ भन्दै गायक एवं संगीतकार कृष्ण के सी भन्छन् दार्जिलिङ्ग नि हाम्रै थियो सिक्किम पनि हाम्रै थियो बेच्यो कि त् कोहि कसैले छिमेकीले किन लियो गोर्खालीको सान छुट्टै छ हाम्रो पहिचान छुट्टै छ जस्ता शब्दले गित कम्पोज गर्दा म उत्तेजित थिए ।

अत्यन्तै देश प्रेम भाब बोकेका शब्दले मलाइ उत्तेजित पार्यो अनि आफैले स्वर भर्ने चाहना आयो गित अत्यन्तै मिठो बनेको छ । हामीलाई डर थियो त्यति बेला नै प्रहरी नियन्त्रणमा परिएला भनेर तर स्थानीयको सपोर्टले हामी बचेको लाग्छ । अब गित बजारमा जादैछ गीतमा प्रतिबन्द नहोस भन्ने चाहन्छौ ।

यस गीतमा सुबास जी सी को शब्द कृष्ण के सी को संगीत र कृष्ण के सी र सोनु घिसिङकाे स्वर रहेको छ भने गितलाइ इन्जोए मुभिजले बजारमा ल्याएकाे छ ।