सागरकाे निर्माणाधिन चलचित्र ‘छुइयाहा’ को गीत सार्वजनिक

प्रकाशित मिति : आइतवार, मंसिर १, २०७६

लिम्बू भाषा, कला, संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत “छुइ छुइ हा” सार्वजनिक भएको छ । उक्त गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर र बुद्धराज लिम्बूकाे संगीत रहेकाे छ ।

आगामी जनवरी 2020 देखी पाँचथर, तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगुले निर्माण गर्न लागेका हुन । सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्रको केहि कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगुले बताए ।

https://www.youtube.com/watch?v=2fWmsFPTVRo