टाईम्स अस्पतालले गर्याे स्वस्थ्य शिविर

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६

माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने स्वास्थ्य शिविर गरेको छ ।

निशुल्क एकीकृत शिविर गरिएको थियोे । महिला स्वास्थ्य हेर्चाहा मेला तथा स्वास्थ्य जाँच समेत गराएका थिए । सुनवर्सिनगरपालीका ५ स्थित टकुवामा रहेको हेल्पाेस्टकाे कार्यलयमा उक्त स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे । साे शिविरमा टकुवा,रमनपुर,कासिजान,बटरवारी लगायतका स्थानीय महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने बडि मात्रामा महिलाहरुले बर्षाेदेखि लाजका कारण लुकाएर राखेका पाठेघर समस्या बडि मात्रामा देखा परेको समेत बताए । साेहि क्रममा अस्पतालले स्थानीयहरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो । जसका कारण अहिलेसम्म सुगरकाे चेक जाँच नगरिएका मध्यमा ३० प्रतिशतलाई सुगर समेत फेलापरेकाे छ । साे शिविरमा २ सय ५० जना बिरामीहरुले चेकजाँच गराउनका साथै अधिकान्स महिलाहरुले पाठेघरकाे परिक्षण समेत गराएका थिए । उक्त शिविरमा सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दास, बडा अध्यक्ष, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहाल, टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल, अस्पतालका अनमि गुन्जा साह, पिंकि राजवंशी, अबिनाष मंन्डल, स्वास्थ्य कर्मि, स्वयं सेविका लगायतकाे उपस्थिति समेत रहेको थियोे ।

उक्त सिशिरमा महिला पुनस्थापना केन्द्र, टाईम्स अस्पताल रंगेली, शान्ति महिला, ईलाका प्रहरीक कार्यलयल रंगेली, आेरेक नेपाल, र नगरपालिका काे सहकार्यमा शिविरकाे आयाेजनामा गरिएको थियोे । आेरेक नेपालका लेखा अधिकृत मन्जु कटुवालका अनुसार अहिले पनि गाउँ घरमा रहेका अधिकान्स महिलाहरुले लाजका कारण अाफ्नाे राेग पालिरहने गरेकाे र उनले महिलाहरुकाे समस्यका बारेमा जानकारी लिन खाेजदा ११ बर्ष देखिकाे पाठेघरकाे राेग लुकाएर राखेको समेत उनले बताईन । उपचार पछि बिरामीहरुलाई निशुलक अाैषधि समेत बितरण गरिएको थियोे ।