लिम्बुवानको कुम्मायक अध्यक्षमा मिलन लावती

प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६

कुम्मायक : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल कुम्मायक गाउँपालिका कार्यसमितिको गठन भएको छ ।

शनिबार कुम्मायकस्थित यासोकमा सम्पन्न भेलाले मिलन लावतीको अध्यक्षतामा उपाध्यक्ष मा भिम लावती,मिलन फेवादिन,सचिव-अनिल लावती,सहसचिव-टिका लावती,अर्थसचिव-कमला फियाक रहेकाछन भने सदस्यहरुमा दिपक लावती,सरोज फेवादिन,रुद्र लावती,भाग्यसिङ फेवादिन,मानबहादुर फेवादिन रहेकाछन ।

भेला कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष सागर केरुङ,जिल्ला सदस्य भरत लावती,संघीय विद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ,संघीय युवा मञ्च जिल्ला सचिव रामचन्द्र नेम्बाङ र यासोक क्याम्पसका प्राध्यापक डिकध्वज लावती लगायले सुभकामना व्यक्त गरेका थिए ।