गाेबरबाट दाउरा बनाउनै पर्ने बाध्यता कायमै

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६

रंगेलीः नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलाे, गाेवर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गरेर हिडेता पनि गरिव र अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेकाे छैन ।

अहिले पनि गाई, गाेरुकाे गाेवरकाे माध्यमबाट दैनिकी छाक टार्ने गुईठा बनाएर प्रयाेग गर्ने गरिव परिवारहरु बाध्य रहेका छन । बिजुलीबाट खाना पकाउने प्रविधि अाएता पनि ग्रामीण क्षेत्रमा अझै पनि परम्परा शैलिमै गाेवरबाट गुईठा बनाउन प्रति महिलाहरु अाकर्सित हुदै गएका छन । माेरङकाे दक्षिण भेगमा बसाेवास गर्ने ऋिषिदेव, यादव, मंन्डल, साह, राजवंशी लागायतका बृृृद्ध, तथा महिलाहरु अहिले गाई ,गाेेेरु, भैैंसीकाे गाेवरबाट गुईठा बनाउन ब्यस्त देेेेखिन हुन थालेका छन । उनिहरुले घरमा पालेकाे गाई, गाेरुकाे गाेवरबाट निकै फाईदा लिईरहेका छन । कार्तिक महिना देखि बैसाख महिना सम्म गाईकाे गाेवरबाट बर्षदिन सम्मका लागि गाेेेवरबाट गुईठा बनाएर अाफ्नाे खाना पकाउन दाउराको जाेह गरिरहेका छन ।

सुनवर्सि नगरपाालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँ पालिकामा रहेका गरिव तथा निम्न बर्गका अधिकान्स महिलाहरु बिहानै घाम लाग्ने बित्तिकै देखि उनिहरु गाेवरबाट गुईठा बनाउदै गरेकाे देख्न सकिन्छ । महिलाहरुले सबैभन्दा पहिले गाेवरलाई पानीमा भिजाएर गिलाे पार्ने गर्दछन र गाेवरलाई पराल वा भुसमा मिसाएर डल्लो पारेर सनपाटबाट निस्केको सन्ठिकाे प्रयाेेेगमा गरेर गाेवरलाई लगाएर घाममा सुकाउने गर्दछन । साे गुईठा १५ दिन भित्र सुकेपछि खाना पकाउने काममा प्रयोग गर्ने गर्दछन । उनिहरुले ६ महिनाकाे अबधिमा बनाएकाे गुईठा पानीबाट सुरक्षित राखेर बर्ष दिन सम्म खाना पकाउने काममा प्रयोग गर्ने गर्दछन । हिरा देवि ऋिषिदेव भन्छिन घरकाे अार्थिक स्थितिले गर्दा वजारमा पाईने ग्यास चुलाे तथा बिजुलीबाट खाना पकाउने प्रबिधि अाफुहरुले किन्नका लागि नसकेका कारण अाफुले गाेवरकाे गुईठा बनाएर अाफ्नाे घर परिवारलाई खाना पकाउनेे काममा प्रयोग गरिरहेकाे उनले बताईन ।

उनि त एक पात्र मात्रै हुन उनी जस्तो गरिव परिवारका सयौं घरपरिवारहरु गुईठाकाे प्रयाेग गर्ने गर्दछन । स फुलाे देवि ऋिषिदेवका अनुसार गुईठाकाे अागाेवाट खाना पकाउदा स्वादिलो र मिठाे हुने र जाडाे याममा उक्त अागाे चुलाेमा धेरै बेर सम्म रहिरहने र तापन समेत राम्रो हुने उनलेे बताईन ।