वैकल्पिक राजनीतिक दलको आवश्यकताः पुरुषोत्तम अधिकारी

पुरुषोत्तम अधिकारी प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६

‘नेपाली राजनीतिका इतिहासमा सशक्त वैकल्पिक राजनीतिक दलको आवश्यकता महसुस पहिले देखी गरिदै आएको परिप्रेक्ष्यमा उदाएका वैकल्पिक राजनीति शक्ति क्षयिकरण हुदै गन्तव्यमा पुग्न सकेनन् । जहानिय राणाशासन अन्त्यको लागि खुलेका प्रजापरिषद नेपाली कांग्रेस कम्युनिस्ट पार्टीहरु तत्कालीन विकल्प कै राजनीति शक्ति तथा जन भरोसाका‌ दल थिए । शिक्षा स्वास्थ्य रोजगारमा जनताका पहुंच थिएन ।

आफ्नै परिवार भित्र नेपालको राजकीय सत्ताको हालिमोहाली चलाएका थिए राणाहरुले । दोस्रो विश्व युद्धको अन्त्य र हिन्दुस्तानमा स्वतन्त्रसंग्रामको आन्दोलनले नेपाली युवाहरुमा चेतनाको ज्वारभाटा उठन शुरुआत हुदै थियो । राणा विरोधी आन्दोलन नेपाली जनताको मुक्तिकामी संग्राम थियो ।
अन्याय अत्याचार शोषणबाट मुक्त हुन नेपाली युवाहरुले ज्यानको आहुति दिन तत्पर भ‌ए । २००७ को क्रान्ति लोकतंन्त्रको निम्ति युवा नेताहरुले रोजेको विकल्पको बाटो थियो । जनताद्वारा जनता कै प्रतिनिधित्वले सुशासन चलाउने । लोकतंन्त्रमा विश्वास गर्ने चेतनशील जनताको ठुलै वलिदानीबाट २००७ मा जहानिय राणाशासन त्रिपक्षिय समझौतामा अन्त्य त गरियो ।‌ शासकीय ज्ञान राजनैतिक एकता र समझदारी हुन नसक्दा देश र जनताले लामो समयको संक्रमणकाल ब्यहोर्नु पर्यो । राजनीतिक उतार चढ़ाव बाबजुद २०१५ सालमा आमचुनाव द्वारा नेपाली कांग्रेस पार्टी वैकल्पिक राजनीति शक्तिको रुपमा शासन सत्तामा त पुग्यो तर जन‌आपेक्षा अनुसारको काम गर्न उसका निमित्त चुनैतिका पहाड़हरु ज्यूँका तिऊँ थिए । परिवर्तनशील क्रान्तिकारी र यथास्थितिवादी सामन्तहरुलाई लिएर यात्रा गर्न निकै कठिन थियो । केन्द्रीकृत सामन्ति राज्य सत्तालाई बिस्थापित गरी विकेंद्रीकरण शासन प्रणाली सुचारू गर्न, सत्ता संचालन गर्न राष्ट्रीय ढुकुटी मजबुद बनाउदै भोका पेट र नाङ्गो आङ ढकाउन राज्यले खेल्नु पर्ने भुमिका निकै कठिन थियो । अति महत्वाकांक्षी सरकार, महासमन्त, दरबार र देशी विदेशीहरुको चक्रब्युमा परेर २०१७ पुष १ गते जननिर्वाचित सरकार अपदस्थ भयो । लोकतंन्त्रात्मक व्यवस्था च्यूत भयो ।

अर्को विकल्पको रुपमा दरबारको रेखदेखमा एकदलिय पञ्चायती व्यवस्थाको प्रयोग शुरुआत भयो । राजा महेन्द्रको महत्त्वकांक्षामा ल्याईएको यो वैकल्पिक व्यवस्थामा लोकतांत्रिक प्रणाली रटान दिईयो तर सारमा यो व्यवस्था निरंकुश उदारवादी भित्र सामन्त र दरवारका आशिर्वाद प्राप्तहरुको हालीमोलीमा चल्यो । पूर्व पश्चिम राजमार्ग र कोदारी राजमार्ग मार्फत महेंन्द्र कालिन पञ्चायतले वाह वाही पाए पनि सारमा पञ्च पञ्च कै व्यक्तीवादी चरित्रका कारण ३० बर्षे कालकण्डमा जनताले शुसाशन प्राप्त गर्न सकेनन् ।

पञ्चायतले जन‌अपेक्षित काम गर्न सकेको भ‌ए शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, रोजगारी लगाएत नैसर्गिक अधिकारको परिपुर्ति गर्न सकेको भ‌ए बहुदलीय व्यवस्थाको‌ माग‌ गर्दै जनता २०४६ मा आन्दोलनमा होमिने थिएनन् । संयुक्तवाममोर्चा नेपाल र नेपाली कांग्रेसको नेतृत्वमा ‌भ‌एको जन‌आन्दोन २०४६ ले बहुदलीय व्यवस्था भित्र राजकीय सत्ता जनतामा निहित भै संवैधानिक सर्वोच्चता क़ायम रहेने परिकल्पना त गर्यो । जननिर्वाचित सरकार सामाजिक रुपांतरणका मुद्दा कहिल्यै अगाडी बढ्न सकेन । अशिक्षा बेरोजगारी, शिक्षा र स्वास्थ्य अत्यन्त महंगाई, वर्गिय विभेद, क्षेत्रीय असमानता, छुवाछत जस्ता मुद्दा पेचिलो बन्दै ग‌एको अवस्थामा जनयुद्धको नाम मा देशव्यापी रुपमा ग्रामीण क्षेत्र आधार बनाई गरीबी अशिक्षा बेरोजगारी, वितरणमा असमानता मुख्य विषय बनाई देश १० बर्ष सम्म अस्थिर र द्वन्दको चपेटामा पर्नुपर्यो ।

जनयुद्धले केहि थान सामाजिक रुपान्तरणका मुद्दा बाहेक १७०० योद्दाको अनाहकमा बलिदानी गरायो । बिद्रोहीलाई नेपाली जनताले राज्य सत्ता सुम्पिदिए । सामन्तका हदबन्दीमाथीका सम्पती निजीकरण होला, उद्योगधन्दा खुल्लान रोजगारीका अवसर सृजना होलान, स्वास्थ शिक्षा सर्वसुलभ होला भनेर बन्दुक बोकेका र बोकाईएकाको सपना चकनाचूर हुदैग‌ए । जब युद्धका कमांडरहरु सत्ताका निमित्त मुल्य मान्यता बिर्सेर नाताबाद कृपाबाद तथा पुंजीवादी दलालको चौघेरामा पर्दछन् । समाजवादी राज्यसत्ताको त कुरै भ‌एन जीवीकोपार्जनका खातिर तिनै लड़ाकु विदेशिनु पर्छ रोजी-रोटीका लागि । दुई तिहाईको कम्युनिस्ट नामधारी सरकार छ देशमा स्वास्थ्य र शिक्षा जस्तो आधाभुत कुरा पूंजीपति दलालहरुलाई जिम्मा दिएर सरकारका कारिन्दाहरु कमिशनमा रमाईरहेका छन् ।
अनि कहाँ छ लोकतन्त्र ? सबै तिर लुटतन्त्र मात्र माैलाएको छ ।
के यसैगरी चलीरहन्छ हाम्रो शासन सत्ता, राज्य व्यवस्था, समाज अर्थव्यवस्था ?
विकल्प रोज्नुपर्ने बेला आएन ?
लुटतन्त्र अन्त्य कसरीगर्ने, राजनीति सफा तुल्याउने कि फोहरमै रमाउने ?

देश संमृद्ध बनाने अभियानमा लाग्न इमानदारी भएका नेपालभित्र र नेपाल बाहिर रहनु भ‌एका सारा नेपालीदाजु भाई दिदी बहिनीहरूलाई एकजुट हुन विगतमा जस्तै आशैआशामा रूमल्लिने दिन आउन नदिन देशरूपान्तरण गर्न सचेत युवा पीढ़ी स्वाभिमान बोकेर अगिडी बढ्नु जरुरी छ । देश नबन्ने हो भने हाम्रो व्यक्तिगत सफलताको खासै अर्थ रहँदैन । निस्वर्थ भावका साथ वैकल्पिक राजनीतिलाई निर्विकल्प नेतृत्वका रूपमा स्थापित गर्न विचारधारा वाद भन्दा माथी नेपाल ‌देशलाई समृद्ध भएको हेर्न सबै पार्टीका समर्थक, कार्यकर्ता, स्थानीय तथा केन्द्रीय नेताहरूलाई वैकल्पिक राजनीतिमा समाहित हुन जरुरी छ ।