टाईम्स अस्पतालले गर्याे स्वास्थ्य शिविर

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६

माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ । महिला स्वास्थ्य हेर्चाहा मेला तथा स्वास्थ्य जाँच समेत गराएका थिए । सुनवर्सिनगरपालीका ८ स्थित सिक्टिमा स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे । साे शिविरमा डाईनियाँ, वल्डङ्गा, हर्चनगडि , कुडेलि सिक्टि, र भारतको सैरावाद लगायतका स्थानीय महिला हरुले स्वास्थ्य परिक्षण गराएका थिए । टाईम्स अस्पताल का सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने बडि मात्रामा महिलाहरुले बर्षाेदेखि लाजका कारण लुकाएर राखेका पाठेघर समस्या बडि मात्रामा देखा परेको समेत बताए ।

साेहि क्रममा अस्पतालले स्थानीय हरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो । जसका कारण अहिलेसम्म सुगर काे चेक जाँच नगर्ने स्थानीयलाई चेक जाँच गरेका थिए । बडि मात्रामा प्रेशर र सुगरका बिरामीहरु समेत फेलापरेेका छन । साे शिविरमा ३ सय जना बिरामी हरुले चेकजाँच गराउनका साथै अधिकान्स महिलाहरुले पाठेघरकाे परिक्षण समेत गराएका थिए । टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल, अस्पताल वरिष्ठ स्त्रीरोग बिषेश्गय डाक्टर फरीदा खातुन, डाक्टर हर्ष नारायण झा, लगायतकाे उपस्थिति समेत रहेको थियोे ।

अस्पतालले बिरामीहरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको थियोे ।