रंगेली अस्पतालमा प्रसुति गराउनेकाे संख्या बड्याे

रबिन्द्र बराल प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा अहिले बिरामीहरुकाे चाप बड्न थालेको छ । एक महिना अगाडि अस्पतालमा अाएका मे.सु डाक्टर रोहेन्द्र पाण्डे, एम.डि.जेनेरल प्रक्टिसकाे अध्यन गरेका उनलेे अहिले अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवालाइ प्रभावकारी र सुधार गर्न लागि परेका छन् । उहाँलाई रंगेली बासी र अस्पतालका कर्मचारीहरुकाे थप सहयोग भएमा अझै अस्पताललाई थप सुदृढ बनाउदै लैजाने मेसु पाण्डेले बताए ।

बिगतका दिनहरुमा अस्पतालमा सातामा तीन दिन मात्रै भिडियो एक्सरे र प्रसुति सेवा हुने गरेता पनि एक महिना अगाडि अाएका नयाँ मेसुले अहिले दैनिकी भिडियो एक्सरे र प्रसुति चेक जाँच समेत गर्दे अाईरहेका छन ।

पाण्डे अहिले २४ घन्टा अस्पतालमै बिरामीहरुकाे सेवामा लागि परेका छन । उनी अहिले इमर्जेन्सी सेवा, भिडियो एक्सेरे, दैनिकी अाेपिडि सेवा, सुरक्षित प्रसुती अपरेसन सेवासंगै अस्पतालको स्तर उन्नति र सुदृढीकरण गर्ने र नेपाल सरकारले लागू गरेको स्वास्थ बिमा कार्यक्रम संचालनको लागि शसक्त रुपमा लागि रहेका छन । पाण्डेका अनुसार केही दिनमै जनरल अपरेसन सेवा हर्निया, ऐपेन्डिसाइटिस, हाइड्रोशिलको शल्यक्रिया संचालनमा आउने कुरा बताए । एक महिनाकाे अबधिमा जटिल अवस्थामा प्रसुति गर्ने अस्पताल अाएका ६ वटा सफल सल्यक्रिया गरेकाेे अस्पतालले जनाएको छ । रंगेली ८ कि अारति सरदारकाले भनिन रंगेली अस्पतालमा यसरी सफल सल्यक्रिया हुन्छ भनेर साेचकाे पनि थिइन तर यहि अस्पतालमा यसरी सुरक्षित प्रसुति सल्यक्रिया भएकोमा अाफु अत्याधुनिक खुशि भएको उनलेे बताए । त्यसैैैगरी मान्ति यादवले भनिन आफ्नो गर्भमा बच्चा उल्टाे रहेको अवस्थामा समेत यहि अस्पतालमा यसरी सुरक्षित सल्यक्रिया गरेकामा आफू निकै खुशी भएको उनलेे बताईन ।

सुनवर्सि ४ बटरवारीका सुमन यादवले भने यसरी अस्पताल सबै सुविधा उपलब्ध भए यस भेगमा सर्वसाधारण जनताहरु यहि अस्पतालमा सेवा लिन आउने उनले बताए । बिगतका दिनहरुमा भन्दा अहिले बिरामीकाे संख्या समेत उपचारका लागि अाउने गरेका छन् ।