चेलिबेटी समाज द्वारा महिला हिंसा बिरुद्ध जनचेतनामूलक -याली सहित कार्यक्रम

रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६

माेरङकाे रंगेली नगरपालिका ७ मा हालै स्थापन भएको चेलिबेटी समाज द्वारा प्रत्येक बर्ष झै यस बर्ष पनि समानताकाे पुस्ता बलात्कार विरुद्धकाे एकबद्धता भन्ने मुल नाराका साथ १६ दिने अन्तर्राष्ट्रिय दिवसकाे अवसर पारेर रंगेलीमा सचेतनामुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको छ ।

२८ अाै महिला हिंसा बिरुद्ध अन्तका लागि १६ दिने अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत -याली पछि अभियान अन्तर्गत महिलाहरुले रंगेली नगरपालिकाकाे कार्यलय देखि निकालेको -याली रंगेली बसपार्क, अस्पताल चाैक, कालिमंन्दिर प्राङ्गण हुदै बजार परिक्रमा गरेर नगरपालिकाकाे सभाहलमा आएर -यारी सम्पन्न भएको थियो । उक्त -यालीमा नगरपालिकाका उप मेयर, बडा अध्यक्ष, बिध्यार्थि, स्थानीय, विभिन्न संस्थाका प्रतिनिधि लागयतकाे सहभागीता रहेको थियोे ।

उक्त -यालीमा बाल बिवाहा सामाजिक अपराध हाे, दाईजाे प्रथा अन्त्य गर, घरेलुु हिंसा अन्त्य गर , महिला हिंस विरुद्ध एक हाै, बलत्कारीलाई कार्वाही गर, छाेरीलाई दाईजाे हाेईन शिक्षा देऊ, छाेरा र छाेरी भेदभाव गर्ने पाईदैन जस्ता प्लेकार्ड बाेकेर बजार परिक्रमा गरेका थिए । उनिहरुले सहभागीहरुलाई अन्तरक्रिया समेत गराएका थिए । कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, ईलाका प्रहरी कार्यलयका रंगेली का सहायक निरिक्षक सुरेन्द्र बस्नेत, बडा अध्यक्ष रामचन्द्र मंन्डल, अधिबक्ता कला त्रिताल,अधिबक्ता सीता पाैडेल, ईन्सेकका कार्यकारी अधिकृत बागमता कट्टेल, अाेरेक नेपालका प्रतिनिधि, चेलिबेटी समाजका अध्यक्ष उषा झा ठाकुर लगायतकाे उपस्थित समेत रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले भने रंगेली नगरपालिकामा रहेको चेलिबेटी समाजले महिला हिंसाकाे कार्यक्रम सन्चालन गरेकाेमा अाफु खुशि रहेको बताईन । चेलिबेटी समाज नेपालकाेे आयााेजना तथा मानव अधिकार समूह रंगेली, ईलाका प्रहरी कार्यलय रंगेली, संन्सारीमाई फेडरेसन रंगेली, लाली गुराँस अामा समूह रंगेली, सृजनसिल अामा समूह अामताेला लागयत अाधा दर्जन संस्थाहरुकाे सह अायाेजनामा र रंगेली नगरपालिकाकाे सहयोगमा उक्त कार्यक्रम गरिएको थियोे ।