प्रहरीले बाल्याे चाेक चाेकमा आगाे

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, पुस ४, २०७६

रंगेलीः रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यलय रंगेलीले केही दिन अघि देखि सुरु भएको जाडाेका कारण जनजिवन प्रवाबित हुन नदिनका लागि शुक्रबार रंगेली बजारकाे ४ स्थानमा दाउरा बालेको छ ।

प्रहरी बिहानै कालिमंन्दिर अगाडि, अस्पताल चाेक, बस पार्क र नगरपालिका अागडि दाउरा बालेको हाे । बजारमा आवत जावत गर्न स्थानीय तथा बटुवाहरुलाई न्यानाे हाेस भन्ने उदेश्यले रंगेली प्रहरी दाउरा बालेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक सुरेन्द्र कार्की ले बताए । चाेक चाेकमा आगाे बाल्नका लागि बडा अध्यक्ष स्थानीय, बुद्धिजीवी, बिधार्थि लगायतकाे समेत उपस्थिति रहेको थियोे । भने आगाे बाले पछि सबैले न्यानोकाे महसुस समेत गरेको छन । बडा अध्यक्ष रामचन्द्र मंन्डलले भने अझै जाडाे हुदै गएमा हरेक चाेक चाेकमा दाउरा थप बाल्ने तयारी रहेको समेत बताए ।

जाडाेका कारण बिधालयमा अध्यन गर्ने बालबालिकालाई बडि समस्या रहेको छ ।