जनसेवा समाज पाँचथरद्वारा नेम्बाङ्गको आर्थिक सहयोगमा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

प्रकाशित मिति : आइतवार, पुस ६, २०७६

फिदिम नगरपालिका वडा नं १० स्थित कुम्भकर्ण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हाे ।

जनसेवा समाज पाँचथरको संयोजनमा नेकपाका प्रदेश कमिटि सदस्य हर्क नेम्बाङ्ग मिक्सोको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई न्यानो कपडा सुईटर र कापी, कलम प्रदान गरिएको संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो । जनसेवा समाज पाँचथरका सल्लाहकार समेत रहनुभएका नेता नेम्बाङ्गद्वारा विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई १५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका नेता नेम्बाङ्गले कार्यक्रममा बोल्दै सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर दिनानुदिन खस्कदै गएको प्रति दुःख व्यक्त गर्नुभयो । नेता नेम्बाङ्गले सामुदायीक विद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्तै न्यून हुनु र शैक्षिक गुणस्तर कम हुनुले राज्यको अरवौ लगानी खेर गइहेको बताउनुभयो । सामुदायीक विद्यालयको खस्कदो शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय सेवा क्षेत्र भित्रका अभिभावक साथै शिक्षक आफै क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि,वुद्धिजीवि, स्थानीयबासी, शिक्षक, राजनैतिक दलका प्रतिनिधि, विद्यार्थीहरु साथै पत्रकारहरुको उपस्थिती रहको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष देविमाया बुढाथोकीले सञ्चालन गर्नुभएको थियो ।