टाईम्स अस्पतालले गर्याे स्वास्थ्य शिविर

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, पुस ७, २०७६

माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ ।

रतुवामाई नगरपालिका १ स्थित साेनापुरमा रहेकाे जनता अाधारभुत बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे । साे शिविरमा झुर्किया, चुनिवारी, वल्डङ्गा, महादेवा र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका, बृद्धबृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।


टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने अहिले जाडाेकाे समय भएको हुनाले स साना बालबालिकाहरुलाई बडि मात्रामा ज्वराे, रुघाखोकी, स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका जाेड्नि बडि मात्रामा दुखाइ हुने समस्या देखा परेको उनलेे बताए । साेहि क्रममा अस्पतालले स्थानीयहरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो । साे शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गराएका थिए ।

टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल, डाक्टर शेखर मंन्डल, डाक्टर प्रदिप यादवले दाँत, नाक, लगायतकाेे स्वास्थ्य परिक्षण गरेका थियोे । अस्पतालले बिरामीहरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको थियोे ।