अपांगहरुलाई निशुल्क कृतिम हात खुट्टा प्रदान गरिने

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, पुस ७, २०७६

माेरङकाे रंगेली नगरपालिका ४ स्थित जनता माध्यमिक बिधालय आमताेलामा अपांगहरुका लागि एक दिने स्वास्थ्य शिविर काे आयोजना गरिएको छ ।

उक्त शिविरमा नगरपालिका भित्र छरिएर रहेका अपांग हरुकाे स्वास्थ्य चेकजाँच गरे संगै हात खुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिने भएको छ । उनिहरुलाई दुई महिना भित्र ५१ जनालाई कृतिमा हात खुट्टा प्रत्यारोपण गरिने सि.बि.अार बिराटनगरका प्रवन्धक रन्जना दाहालले बितरण बताईन । रंगेली नगरपालिकाकाे अार्थिक सहयोग र सि.बि.अार बिराटनगरकाे प्राविधिक सहयोग शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि नाप जाँच स्वास्थ्य शिविर कार्यक्रम गरिएको थियोे ।

राष्ट्रिय अपांङ्ग महासंघ नगर समन्वय समिति रंगेली र सृजनशिल महिला बचत समूहकाे सहयोगमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हात खुट्टा हुईलच्यर जस्ता सामग्री अाफ्नै लगानीमा बितरण गरिने प्रतिवध्दयता व्यक्त गरेका छन । नेपाल सरकारले अपांगहरुलाई चार वर्गमा बिभाजन समेत गरेको छ । राताे कार्ड भएका ब्यक्तिहरुलाई पुर्ण अपांग, निलाे कार्डलाई अतिअसक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड सामान्य हुने गरि ताेकिएकाे छ । भने रंगेली नगरपालिका भित्रमा ६ सय जना अपांग हरु रहेका छन । कार्यक्रममा नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, बडा अध्यक्ष धन्श्याम पनेरु, रामचन्द्र मंन्डल, स्थानीय बुद्धिजीवी महिला लगायत काे उपस्थिति समेत रहेको थियोे ।

शिविरमा फिजियाेथेरापि डाक्टर प्रवेश उप्रेती कृतिम हात विषेशज्ञय अम्बिका शर्माले बिरामीहरुकाे स्वास्थ्य चेक जाँच गरेका थिए ।