शोभाकान्त ढकालको घरमा विस्फोट

प्रकाशित मिति : बुधबार, माघ १, २०७६

नागार्जुन–१ नर्सरी चोकस्थित घटनास्थलमा पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कुकरका टुक्राहरु भेटिएको बताए । उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियो । ‘खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताएका छन्’, ती अधिकृतले भने, ‘सायद बममा टाइमर फिट गरिएको थियो ।’

विस्फोटपछि बम राखिएको ढोका उछिट्टिएको थियो भने आवाजले झ्याल पनि फुटेको डीआईजी पोखरेलले बताए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार अहिले सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोली पनि घटनास्थलमा पुगेको छ । र, अनुसन्धान थालेको छ ।

प्रेसर कुकर बम विस्फोट भएको प्रहरीको प्रारम्भीक निष्कर्ष छ ।

विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ ।