अन्तत: समिक्षा पोखरेल बनिन् यो वर्षको उत्कृष्ट मोडल

प्रकाशित मिति : सोमवार, माघ ६, २०७६

ईपीक म्युजिक अवार्डबाट यो बर्षको पप तथा आधुनिक बिधाबाट उत्कृष्ट मोडल फिमेलको अवार्ड काठमाडौँ कि सुन्दर मोडल समिक्षा पोखरेल जित्न सफल भएकी छन् ।

सानै उमेर देखि मोडलिङ्ग मा रुचि राख्ने समिक्षाले ‘ए सानी’ बोलेको म्युजिक भिडियोबाट अवार्ड हात पारेका हुन् । मोडलिङ्ग को साथमा समाजसेवा पनि आफ्नो मुख्य उद्देश्य रहेको बताउने समीक्षाले सामाजिक कार्यबाट स्नातक गरिसकेकी छन् । निर्माता माधव वाग्लेले चलचित्र “पारस”मा मुख्य भुमिकामा अभिनेता निर्देशक निश्चल बस्नेतको अपोजिटमा समेत मोडल पोखरेलले अभिनय गर्ने चर्चा रहेको छ ।