कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा दिनेश डिसी

प्रकाशित मिति : मङ्लबार, माघ १४, २०७६

रेडियो कान्तिपुरको स्टेशन म्यानेजर दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले आदेखि लागु हुने गरि नयाँ स्टेशन म्यानेजरमा डिसीलाई नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप डाऊन गरेपछि डिसीको लागी स्थान खाली भएको हो ।

स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित हुनुहुन्छ । पछिल्लो समय उहाँले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । कलाकार, लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभा को धनी हुनुहुन्छ ।<img src=”https://nepalicinesite.com/wp-content/uploads/2020/01/FB_IMG_1580216239488-300×225.jpg” alt=”” width=”300″ height=”225″ class=”alignnone size-medium wp-image-397″ />

केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत अढाई वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत हुनुहुन्थ्यो । उहाँ चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । रेडियोको दुनियाँमा कान्तिपुरलाई पहिलो स्थानमा अडाइराखेका डिसीले दर्शकको चाहना र प्रविधिको गुणस्तरमा सम्झौता नगर्ने डिसीको भनाई छ ।