रंगेली बडा नम्बर ७ ले गर्याे स्वास्थ्य शिविर

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, माघ १९, २०७६

माेरङः माेरङकाे रंगेली नगरपालिका काे बडा नम्बर ७ ले एक दिने स्वास्थ्य शिविर सन्चालन गरेको छ । शिविर गाेल्डेन हस्पिटल बिराटनगरकाे सहकार्यमा स्वास्थ्य शिविरकाे अायाेजना गरेको हाे ।

साे शिविरमा रंगेली , चाेप्राहा, मधुवनि, तित्री टाेल लगायतका बृद्ध, बृद्धा, महिला बालबालिकाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । नगरपालिका काे कार्यलयमा साे शिविर काे गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा कन्सल्टेनट फिजिसन डाक्टर श्याम कुमार राैनियार, बालराेग बिषेशज्ञ डाक्टर सतिश यादव, हाडजोर्नी तथा नशाराेग बिषेशज्ञ डाक्टर यज्ञराज खरेल, सर्जन डाक्टर सराेज राजवंशी, लगायतले बिरामीहरुकाे स्वास्थ्य परिक्षण गरेका थिए । अहिले जाडाेकाे समय भएको हुनाले स साना बालबालिकाहरुलाई बडि मात्रामा ज्वराे, रुघाखोकी, स्वासप्रस्वास तथा बृद्ध हरुमा हात खुट्टाका जाेडनि बडि मात्रामा दुखाइ हुने समस्या देखा परेको डाक्टर श्याम कुमार राैनियारले बताए । शिविरमा ८१ जनाकाे स्तन तथा पाठेघरलकाे क्यान्सर स्क्रिनिङ VIA जाँच समेत गराएता पनि कुनै राेग फेला नपरेको डाक्टरले बताए ।

शिविरमा ६ सय २८ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा निशुल्क एक्सरे सेवा सहित औषधी समेत निशुल्क वितरण गरीएको वडाअध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिए ।