माेरङका ३ स्थानमा ससस्त्र प्रहरी बि अाे पि काे भवन उद्घाटन

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, माघ १९, २०७६

मोरङः पूर्बि तराईका जिल्लाहरुमा ससस्त्र प्रहरीले खुल्ला सिमानाका कारण भारतीय क्षेत्रहरुबाट हुने अपराधीक गतिविधि नियन्त्रणका लागि नेपाल बोर्डर आउट पोष्‍ट स्थापनालाई तिव्रता दिएकाे छ ।

वड्दाे सुरक्षा चुनाैैैैति लाई मध्य नजर राख्दै सिमा क्षेत्रमा चाेरी, तस्करी, लुटपाट जस्ता घटना हरु निरन्तर हुदै अाएकाे र त्यसता घटना हुन नदिनका लागि नेपाल सरकारले प्रदेश नम्बर १ मा १ सय २४ स्थानमा वि अाे पि स्थानपा गर्ने निर्देशन दिए काे छ । अहिले सिमाबर्ति क्षेत्र हरुमा यस लाई प्राथमिकताका साथ अगाडि बडाएकाे छ । रंगेली नगरपालिका ४ स्थित चाेप्राहामा रहेको सशस्‍त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्‍ट काे नवनिर्मित भवन उद्धघाटनका क्रममा सशस्‍त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापा ले भने पछिल्लो समयमा सुनसरी का ४ स्थान, माेरङकाे ३ स्थान र झापकाे ५ बटा स्थानमा बि अाे पि स्थापना गरिएको र पुस २९ गते प्रदेश १ कै उत्तरी सिमानाकाे किमाङथान ईलाकामा समेत वि अाे पि स्थापना गरिएको साथै दुर्गम क्षेत्र रहेको सङ्खुवा सभा देखि १दिन वस काे यात्रा पारगरि पुनः ३ दिन सम्म हिडेर जानुपर्ने चाईनाकाे बाेडरमा समेत बि अाे पि स्थापना गरिएको र वाेलाङचुङ गाेलामा समेत वि अाेे पि स्थापना गरिने तयारीमा रहेको थापा ले बताए । अहिले माेरङकाे सिमाबर्ति क्षेत्र काे ६ स्थानमा रहेको र अब थप ३ स्थानमा निर्माण हुन बाँकी रहेको समेत उनलेे बताए ।

रंगेली नगरपालिका ४ मा रहेको ससस्त्र प्रहरी बि अाे पि ले अाफ्नाे भवनकाे समेत उद्घाटन भएको छ । उक्त कार्यक्रमका का प्रमुख अतिथी सशस्‍त्र प्रहरीबल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले भवनकाे बिधिवत रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा कङकालिनि मोरङ्गका गणपति सशस्‍त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, रंगेली बि अाे पि का ससस्त्र प्रहरी रंगेलीका प्रहरी निरिक्षक जितेन्द्र बस्नेत, नगरपालिकाका वडाध्यक्ष घन्श्याम पनेरू, स्थानिय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, महिलाहरुकाे उपस्थिति समेत रहेको थियो । साे कार्यक्रममा जग्गादाता दामोदर मण्डलले २.५ कठ्ठा र तारणी मण्डलले १.५ कठ्ठा जग्गा दिएका थिए । जग्गा दाताहरु लाई दाेसल्लाहा अाेडाएर सम्मान समेत गरिएको थियोे ।

प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सशस्‍त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्‍टकाे भवन निर्माण कार्यको लागि बालाजी निर्माण सेवा सिरहाले ३२लाख ६४ हजार ७ सय ३७ रुपैयाँ ठेक्का पारेको थियो । व्यारेकमा एउटा आईरन गेट, कम्पाउण्डवाल, साथै बाउण्ड्री वाल फेन्सिङ्ग वायर, डिउटी पोष्‍ट, निर्माण कार्य समेत गरिएको छ ।