सन्थाल समुदायको दिसोम सोहराय मनाए

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, माघ २०, २०७६

रंगेलीः सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण गर्ने उद्धेश्यसहित रंगेली नगरपालिका ४ का सन्थाल समुदायहरुले एक कार्यक्रम गरिएको छ ।

रंगेली सन्थाल समाजको आयोजनामा जनता माध्यमिक विद्यालयकाे प्राङ्गणमा कार्यक्रम काे अायाेजना गरेको थियो । सो क्षेत्र मा बसाबास गर्दै अाएका सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै अाएका दिसोम सोहराय पर्व माघ १५ बाट मनाउन शुरु गरेको छ । पर्वको चौथो दिन एकीकृत कार्यक्रम समेत गरिएको छ । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायले सहभागिता समेत रहेको थियोे । अन्य समुदायलाई दिसोम सोहराय पर्वको बिषयमा जानकारी दिन तथा संरक्षण गर्ने उद्धेश्य सहित पहिलोपटक एकीकृत कार्यक्रम गरिएको कार्यक्रम संयोजक परमेश्वर मुर्मुले बताए । पछिल्लो समय आफु अनुकुल पर्व मनाउने प्रचलन शुरु भएकाले एकरुपता ल्याउन समेत कार्यक्रम गरिएको उहाँको भनाई छ । कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उपमेयर केशब कुमारी खराल, कार्यक्रम अध्यक्ष बिश्वनाथ मुर्मु प्रमेश्वर मुर्मु , लखिराम मुर्मु लगायतहरु उपस्थिति समेत रहेको छ ।

सो अवसरमा सोहराय पर्वमा ६ दिनसम्म मनाईने बेग्लाबेग्लै स्वरुपको प्रर्दशन गरिएको थियो । सन्थाल समुदाय मन्झी प्रथामा आधारित रहेर संचालन हुँदै आएका कारण कार्यक्रममा विभिन्न वडाका २५ जना झाक्रिहरुकाे समेत सहभागि रहेको थियोे ।