बिष्णुमाया लाे को सम्पूर्ण पढ़ाइ खर्च “इन्काउन्टर” का नायक फुर्बा दोर्जे ले ब्यहाेर्ने

प्रकाशित मिति : बुधबार, माघ २९, २०७६

काठमाडौः बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च चलचित्र “इन्काउन्टर” का नायक फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । बिभिन्न म्युजिक भिडियाे तथा टेलिचलचित्रहरू खेलिखकेका फुर्बा दोर्जे मोक्तानकाे चलचित्र “इन्काउन्टर” डेब्यु चलचित्र हाे, जुन “इन्काउन्टर” चलचित्र यहि चैत्र १४ गते रिलिज हुदैछ । फुर्बा दोर्जे मोक्तान मलेसियालाई कार्यक्षेत्र बनाइ कलाकारिता, ब्याबसाय तथा समाजसेवीमा सक्रिय छन । फुर्वाले बिष्णुमायालाई भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन् । १७ बर्षे बिष्णु माया अहिले बर्षबज्र इन्टरनेस्नल कलेज जोरपाटीमा कक्षा ११ मा अध्यानरत छिन् ।

बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको कारण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । बुबा वीर बहादुर लोको पनि क्यान्सरको उपचार भईरहेको छ । उपचारको लागि संसार भरका नेपालीहरुले सहयोग गरिरहेका छन् ।

कमलामाइ नगरपालिका ४ चुनेटार सुन्धुली घर भएका उक्त परिवारले काठमाडौको कपनमा किराना पसल गरेर परिवार चलाउँदै आएकाे थियाे । हाल क्यान्सरको कारणले बुबा थला परेको र आमाको मृत्यु भएपछि बिष्णुमायालाई आर्थिक अभाव परेकोले अाफुले बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्यहाेर्ने बाचा गरेकाे फुर्बा दोर्जे मोक्तानले हामीलाई बताएका छन ।

फुर्बा दोर्जे मोक्तान मलेसियामा रहेर पनि कलाकारिता, ब्याबसाय तथा समाजसेवी क्षेत्रमा परिचित तथा सक्रिय रहेका छन् । उनले बिदेशमा अप्ठाराेमा परेकाहरूलाइ हाेस् या त नेपालमा, बिभिन्न सामाजिक कार्यहरूमा बिभिन्न माध्यमबाट सहयाेग गर्दै अाएका हुन ।