रंगेलीमा उधमिहरुसंग खाध्य स्वच्छतावारे एकदिने अन्तरक्रिया

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०७६

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेड डेरी ,पानी, तथा तेल उधमिहरु संग खाध स्वच्छतावारे एकदिने अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा रंगेली, दर्वेशा, रंजनि, अामताेला, चाेप्राहा, फर्सडागि लगायतका कृषक तथा उधमिहरुकाे सहभागीता रहेको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाध्य प्रविधि तथा गुण नियन्त्रण बिभाग खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगरले कार्यक्रमकाे अायाेजना गरेको थियो । कार्ययक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका का बडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मंन्डल, विशिष्ट अथिति खाध प्रबिधि गुण नियन्त्रण कार्यलयका प्रमुख राज कुमार रिजाल, खाध्य अनुसन्धानका अधिकृत काशीनाथ घिमिरे, धसंजय भण्डारी रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गाेपाल प्रसाद कडरीया, देवि प्रसाद मैनाली, लगायतकाे उपस्थित समेत रहेको थियोे । अन्तक्रिर्या कार्यक्रममा सबै कृषक, उपभोक्त र सर्वसाधारणहरुले हरेक बजारमा पाईने बस्तुहरुकाे नमुना चेकजाँच र परिक्षण गर्ने, अाम जनताहरुलाई जनचेतना अभिवृद्धि गर्ने, कृषकले पशुलाई दिने अाहारा दिदा कुहिएको र सडेकाे खाने कुरा दाना नदिने र कुहिएको र सडेको दानाले त्यहीं दुधकाे माध्यमबाट पुनः हामीले खाने गर्दा तुरुन्तै असर नदेखिए पनि पछि गएर हामीलाई विभिन्न राेगहरु समेत लाग्ने भएको हुनाले सबै कृषकहरुले ध्यान दिनुपर्ने कुरामा सबै कृषकले ध्यान दिनुपर्ने जरुरी हुन्छ ।

पानी स्वच्छ दिने र गाई, भाैसि दुहदा फाचाेलाई राम्रोसँग पखाल्ने, ग्राहकलाई राम्रो र ताजा मात्रै खाध्नय बिक्रीवितरण गर्ने कृषकहरुलाई जानकारी गराएका थिए । रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडकाे अाफ्नै भवनमा साेे कार्यक्रम गरिएको थियोे ।