‘सार्क फिल्म फेस्टिभल’बुलबुल फिल्म पुरस्कृत

प्रकाशित मिति : बुधबार, असार २५, २०७६

यस वर्षको सार्क फिल्म फेस्टिभलमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले अवार्ड जितेको छ ।

श्रीलंकामा आयोजित फेस्टिभलमा विनोद पौडेल निर्देशित यो फिल्मले पुरस्कार जितेको हो । फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले फेस्टिभलमा ‘बेस्ट पफर्मर जुरी अवार्ड– २०१९’ जितेकी हुन् । स्वस्तिमाले प्राप्त गरेको यो पहिलो पुरस्कार हो ।

उनले फेसबुकमा ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड ‘बुलबुल’ टिमलाई समर्पित गर्न चाहेको उल्लेख गरेकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी श्रीलंका पुगेकी थिइन् । फेस्टिभलमा दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ र ‘हरि’ पनि सहभागी थिए ।