बिदुर आपगाईको मार्मिक तीज गीत ‘हंगामा मच्चायो’ बजारमा

प्रकाशित मिति : सोमवार, असार ३०, २०७६

काठमाडौं : माने भञ्ज्याङ म्युजिकले एउटा निकै मिठो अनि मार्मिक तीज गीत बजारमा ल्याएको छ ।  बिदुर आपगाईले ‘हंगामा मच्चायो’  तीज गीत बजारमा लिएर आएका छन् ।

यस गीतमा युनिक भोजराज र सुजाता बिकको आबाज रहेको छ भने सगीत बिदुर आपगाइले गरेका छन् । गीतमा शब्द नरेन्द्र टमाट को रहेको छ । यस तीज गीतको म्युजिक भिडियोलाई समिर ठोकरले निर्देशन गरेका छन् ।

रेसम दर्लामीको छायाङकनमा रहेको भिडियोको सम्पादक मिन रावलले गरेका छन् भने यस गितको म्युजीक भिडियोमा समिर ठोकर र आयुश्मा कार्कीलाई देख्न सकिन्छ । यस भिडियोलाई माने भञ्ज्याङ म्युजिक युटुब च्यानेलबाट बजारमा ल्याएको छ । बिदुर आपगाईको अन्य गीत जस्तै यो तीज गीत पनि सफल रहोस् हाम्रो तर्फबाट लाखौ लाख सुभकामना ।