मुन्धुमी नाटक”साक्च्योङ” मञ्चन हुने

प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६

याक्थुङ्हरुको मौलिक पर्व सिसेक्पा तङनाम (साउने संक्रान्ती) २०७६ को अवसरमा याक्थुङ मुन्धुमी नाटक “साक्च्योङ” मञ्चन हुनेभएको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको आयोजनामा साउन १ गते चुम्लुङ्हिम ललितपुरमा मञ्चन हुने नाटक वरिष्ठ लिम्बू नाटककार सागर केरुङ्ले लेखेका हुन भने बरिस्ठ चलचित्र निर्देशक/पुरानो नाटक निर्देशक सुर्यप्रकाश चेम्जोङले गरेका छन ।

कियाचु लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको प्रस्तुतिमा मञ्चन हुने नाटकमा मौसम इम्बुङ(फु?लेन्देको बाउ),सैलेन्द्र थेबे,दिनेश माङ्मु,मिना मादेन नुमाफुङ,उदय बेघा,संगीत आङ्खेवा,कविता ओख्राबु(माक्सती)छयम चेम्जोङ,मनु थक्लुङ,नुमा सेर्पा,इन्दु सम्बाहाम्फे,सेमी चेम्जोङ,माइकल तुम्बापो,सरिता राइ लगायतले अभिनय गर्नेछन ।

यादन सेर्मा र गंगा फियाकको स्वर रहेको छ भने नाटकमा मुन्धुम पेन्युक,माङघ पेन्युक र ताम्के पेम्युकजस्ता महत्वपूर्ण लिम्बू लोकवाङ्मयको प्रयोग गरिएको बताइएको छ ।

साक्च्योङमार्फत सिक्सेक्पा तङ्नाम र याक्थुङ समुदायको सम्बन्धबारे प्रस्ट्याइने परिषदका अध्यक्ष गोबिन्द आङ्बुङ्ले बताए ।