श्रीमान श्रीमति दुबैको १५ मिनेट अगिपछी अचम्मको मृत्यु

प्रकाशित मिति : बुधबार, साउन १, २०७६

इटहरी :  इटहरी १३ की ७८ बर्षिय नर्वदा भट्टराईले मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भयो ।

घर परिवारमा रुवाबासी हुदा हुदै नर्वदाको ८६ बर्षिय श्रीमान टिकाप्रसाद भट्टराईको हर्ट अट्याक भएर मृत्यु भएको आफन्तले बताएका छन ।

यो बिश्वकै लागी एकै परिवारमा अनौठो मृत्यु भएपछि गाउँलेहरु अचम्बित भएका छन ।

स्थानीयले मृत्यु राम्रो भएको भन्दै खनार देखि इटहरीको बुढीखोला सम्म दुवै शबलाई परिक्रमा गदै एकै चितामा दाहसस्कार गरेको आफन्त विकास भट्टराईले बताए ।

नाती बिकाश भन्छन एकै दिन हजुरबा हजुरआमाको मृत्यु भएको देख्दा अचम्म भयो ।

यस्तो घट्ना बिश्वमै कमै मात्र हुने गरेको भन्दै गाउँलेहरु अचम्बित बनेका छन । एउटैै तिथिमा एकै परिवारको श्रीमान श्रीमतीको मृत्यु हनु अनौठो हो मलामी आएकाहरु भन्छन । मुक्ति घाटमा एकै चितामा दुई शब जलाईयो ।