नदि तर्ने क्रममा डुबेर एकको मुत्यु

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

नदि तर्ने क्रममा डुबेर एक वृद्धको मुत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरगाउँ बस्ने वर्ष ५५ का नउले थापाको स्थानिय डोडा नदि तर्ने क्रममा डुबेर मुत्यु भएको हो ।

गएराति करिब ९ बजेको समयमा वडा नम्बर ८ को कार्यालयबाट आफ्नो घर तिर जादै गरेका थापाले नदी पार गर्न नसक्दा डुबेर मुत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशीले जानकारी दिए ।