गाजा तस्कर र प्रहरीबीच गोली हानाहान

प्रकाशित मिति : आइतवार, साउन ५, २०७६

मकवानपुर : मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।  शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ। त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोली हानाहापछि प्रहरीले मनहरी गाउँपालिका(९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका(१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको छ ।

उनको साथबाट कटुवा पेस्तोल एक नाल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी गाँजासहित पनि प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४ / ५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गर‍िएको जनाको छ ।

अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ । घटनास्थलबाट अन्य चारजना फरार भएका छन्। पक्राउ परेका स्याङ्तान प्रहरीको खोजी सूचीका गाँजा तस्कर नै भएकव प्रहरीको भनाइ छ ।