लोकसेवाले गरेको विज्ञापनको विरोध औचित्य छैन : चित्रबहादुर केसी

प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

स्थानीय तहले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर विज्ञापन गर्न लोकसेवालाई जिम्मा दिएकाले यसमा कसैले विरोध गरिरहनु नपर्ने उसले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधान र कानुन विपरित नरहेको बताए । स्थानीय पालिकाले माग गरेको कर्मचारी दरबन्दी सख्या न्यून भएको र सेवा समूह पनि बेग्लाबेग्लै भएकाले त्यही अनुरुप लोकसेवाले विज्ञापन गरेको बताए ।