मधेसलाई विपदबाट जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : राजेन्द्र महतो

प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

तराई मधेसको बाढी तथा डुबान नियन्त्रणका लागि राजपाका शीर्ष नेता एवं सांसद राजेन्द्र महतोले नयाँ प्रस्ताव अघि सारेका छन्। महतोले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका हुन्।

प्रदेश २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा संसद महतोले चुरे दोहनकै कारण बर्सेनि मधेस बाढीको चपेटामा पर्दै आएको बताए । उनले भने, ‘चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्द हुनु जरूरी छ ।’ चुरेलाई बचाउन स्थायीरूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नुपर्ने बताए ।

उनले बाढी र डुबान नेपाल भारतको सामूहिक समस्या रहेको बताए । त्यसैले सामूहिक समस्या सामूहिकरूपमै निराकारण गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘मधेस बर्सेनि बाढी र डुबानको चपेटामा पर्नु सरकारको लापरबाही हो, बकैया नदीको तटबन्ध बनाइयो त्यसपछि बेवारिसे छाडियो, त्यो भत्किसकेको छ तर, मर्मत संभारको कुनै चासो छैन, भत्किएको तटबन्ध भएर पानी गाउँमा नपसेर कहाँ पस्छ त ? यसको मर्मत संभारको जिम्मेवारी सरकारको होइन ?, के यो काम हाम्रो सरकारले गर्नुपर्ने होइन ।