ठण्ड बहादुरलाई संघर्षले बनायो नाट्य निर्देशक

प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

मान्छेको चेतना स्तर सोच, स्वभाव, शैली फरक फरक हुन्छ । कसैले स्वार्थलाई कसैले अहंकारलाई, कसैले धन सम्पतीलाई, कसैले भौतिक सुख सुविधालाई त कसैले सिर्जनात्मक कामलाई महत्व दिएका हुन्छन् । यही फरकपनले मान्छेको गौरवगाथा बन्ने गर्छ । सफल असफल, असल खराब, सानो ठूलो, विद्वान मूर्ख, अरुले मान्ने र नमान्ने परिस्थितिको निर्माण हुन्छ ।

कतिपयले ठूलठूला डिग्री लिएका हुन्छन् । मान सम्मान झुन्ड्याएका हुन्छन्, कतिपयले त्यसलाई मेहेनत र संघर्षको सम्पति ठान्छन् र त्यसबाट प्रेरणा लिन्छन् । कतिपयले त्यसलाई अहंकार र घमण्डमा उपयोग गर्न खोज्छन् । त्यो मैले देखेको अनुभव गरेको विषय हो । अहंकार र घमण्डको कुनै अर्थ छैन । प्रेरणाका लागि अघि बढ्ने साधक मान्नेहरुको भने समाजमा अर्थ हुन्छ । यस्तै साधकहरुलाई सबैले राम्रो मान्छन् । अहंकारीहरुलाई वास्ता गर्दैनन् । यस्तै पौरखी काम गर्नेलाई सबैले साथी बनाउँछन् । सबैले साथ दिन्छन् । यो मैले केही सिर्जनात्मक मान्छेहरुबाट देखेको कुरा हो । जसको चर्चा जति गरेपनि कम हुन्छ ।

यस्तै पौरखी मान्छेहरु मध्येका एक पौरखी व्यक्तित्व हुन् नाट्य विधामा कलम चलाउँदै गरेका नाट्य निर्देशक ठण्ड बहादुर अधिकारी । जसले इच्छा शक्ति र मेहनतका साथ काम गरे र निश्चय, निरन्तरता र संघर्षलाई आफ्नो कला साधनामा जोडे र त्यसबाट सफलताको सृष्टि गरे । त्यही सफल नाट्य विधाका ठण्ड बहादुर सिकाई, भोगाई र गराईका एक उदाहरणीय सफल नाट्यकर्मी हुन् । जसले उनका हरेक संघर्षबाट, भोगाईबाट थप संघर्षको यात्रामा अगाडि बढिरहेका छन् ।

अधिकारी त्यस्ता व्यक्तित्व हुन् जसले नाट्य विधालाई सफताका साथ अगाडि बढाईरहेका छन् र यही कला विद्याबाट आफूलाई समाजमा स्थापित गराई रहेका छन् । उनी यही कलाबाट काबिल नाट्य निर्देशक बन्न चाहान्छन् । उनमा यो इच्छा शक्ति प्रशस्त छ । यसबाट उनले समाजलाई पनि दिएका छन् । आफूलाई पनि चिनाएका छन्, आफ्नो जीवन पनि चलाएका छन् । मान सम्मानका चाङ पनि लगाईरहेका छन् । यद्यपी उनले यसका लागि थुप्रै उकाली ओराली गरेका छन् । ठूलठूला भंगाला र छालमा पसेर निस्किएका छन् । उनको संघर्षको गौरबगाथा कम पेचिलो कम अनुकरणीय र कम ग्रहणीय छैन । जुन काम जो कोहीले गर्न निकै गाह्रो हुन्छ । उनको यो संघर्षबाट थुप्रै नाट्य कर्मीहरुले धेरै सिक्न सक्छन्, धेरै गर्न सक्छन् तर मेहनत, लगत र इच्छा शक्ति भने उनकै जस्तो चाहिन्छ ।

नाट्य विद्याका जस्ता सुकै काम गर्न उत्साहित हुने खण्ड बहादुर २०३१ साल मंशीर १ गते धादिङ जिल्लाको साविक फुलखर्क गाउँ विकास वडा नं ६ हालको गंगा जमुना गाउँपालिका ५ मा बुबा गणेश बहादुर र आमा जमुना अधिकारीको सुपुत्रको रुपमा जन्मिएका हुन् । मध्यम बर्गिय परिवारमा जन्मेका अधिकारीको बाल्यकाल निक्कै संघर्षपूर्ण यात्राबाट अगाडि बढेको देखिन्छ ।
बुबा भारतीय प्रहरीमा जागिरे भएका कारणले उहाँको बसाई अनेकन हण्डर ठक्करबाट ्िबतेको देखिन्छ । बुबाको जागिर कै कारणले उनले कहिले पश्चिम बंगाल स्थित राय गञ्जमा त कहिले मोरङमा, कहिले काँकडभिटामा त कहिले काठमाडौको ठमेलमा विताउनु प¥यो ।

कहिले धादिङको फुलखर्कमा बिताउनु प¥यो त कहिले कहिले परदेशमा बिताउनु प¥यो । यही कारणले उनलाई शिक्षाको धोको पुरा गर्न सजिलो भएन । पाँच कक्षा सम्म उनले गाउँकै स्थानीय विद्यालयमा अध्ययन गरे भने त्यसमाथिको शिक्षा काँकडभिट्टामा अध्ययन गरे । २०४७ सालमा काँकडभिट्टा मावि बाट एसएलसी पास गरेका उनले आफ्नो लक्ष भेट्न रात्री बस चढेर काठमाडौंको यात्रा समेत तय गर्नु प¥यो । आफ्नो सुनौलो भविष्यको खोजीमा लहरिने क्रममा जे जस्ता अप्ठ्यारा र चुनौती आई परे पनि अधिकारीले त्यसको दृढतापूर्वक सामना गर्दै अगाडि बढिरहे । आफ्नो उद्देश्य भेट्ने यात्रामा अगाडि बढेका अधिकारी दैनिक जीबन यापनकालागि ठमेलको त्रिदेवी मार्ग स्थित एक ट्राभलमा काम गर्दै जीवन यात्रालाई अगाडि बढाईरहे ।
संघर्षले नै मान्छेलाई स्पातिलो बनाउँछ भनेझैं अधिकारीको जीवनलाई पनि उनले गरेको संघर्षले गतिशील र स्पातिलो बनाउँदै लगेको उनको कुराकानीबाट यो पंक्तिकारले सहजै अनुमान लगाएको छ । जीवन धान्ने कुराले मात्रै व्यक्ति सफल हुँदैन भन्ने कुराको राम्रो हेक्का पाएका अधिकारीको सफलतामा उनका सुभचिन्तक र सहयोगीहरु सहयात्री बनिनै रहे । जस्ले उनलाई सफल नाट्य निर्देशक बन्न सहज बनायो ।

विद्यार्थी कालदेखि कै भोकको रुपमा रहेको नाट्य विधामा आफ्नो यात्रा सोज्याउन पछि परेनन् नाट्य निर्देशक अधिकारी । उनको यही भोगले उनलाई चर्चित नाट्य निर्देशकको पंक्तिमा उभ्याएको छ अहिले । जीवन संघर्ष, अनुभव, अनुभूति, रुचि र स्वभावका विविध पाटोलाई बोकेर उनले अहिले करिब १५ वर्षको अवधिमा दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटकको निर्देशन गरेका छन् । उनले निर्देशन गरेका नाटकमा सपनाकै देश नेपाल, वीर बहादुर गोर्खे, बेहुला बेहुली, आरुबारीको फुल, नाङ्गो वस्ती, रुपान्तरण, रमा प्यारी, हिमाली खेती, भाउजुको दशा, नहुनेलाई नुन हुनेलाई सुन प्यारो, एकान्त बाटो, परिश्रमको धन, समयको खेल, इन्द्रेणीको छायाँ, लव स्टेशन, कलियुग इन्द्रावती, दशै दसाको भाग्य, लाहुरेको आत्मकथा, मनुष्य चोला, मंगले खड्का, गाउँले खेती बिग्रेको मति, साइनोले गुमेको लक्ष्य आदि नाटकहरुको सफल निर्देशन गरेर समाजमा योगदान गर्नु भएको छ ।

यिनै सम्मान र पुरस्कारहरु उहाँका कहिल्यै नमर्ने, नमासिने सम्पति हुन् । जसले उहाँलाई सफल नाट्य निर्देशकको रुपमा चिनाएको छ । आगामी दिनमा पनि उनको नाट्य यात्राले निरन्तरता पाओस, सफलता पाओस मेरो पनि अधिकारीलाई थप सफलताको अग्रिम शुभकामना ।
जीवन संघर्ष अनुभव, अनुभूति, रुचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।